नियम २५
बैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न सक्ने
(१) जिल्ला शिक्षा अधिकारीले देहायका अवस्थामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यता क्रमानुसार नियुक्ति गर्न सक्नेछः ।
(क) सिफारिस गरिएको उम्मेदवारले सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट नियुक्तिको लागि सार्वजनिक सूचना प्रकाशित गरेको मितिले तीस दिनभित्र नियुक्ति नलिएमा,
(ख) सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई निजले राजिनामा दिई वा माथिल्लो तहको पदमा नियुक्ति लिएको कारण परीक्षणकाल भित्रै पद रिक्त हुन आएमा,
(ग) नियुक्ति पत्र दिएको मितिले ३० दिनभित्र पदस्थापन गरिएको विद्यालयमा हाजिर नभएमा ।
(२) उपनियम (१) बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गरेकोमा जिल्ला शिक्षा अधिकारीले त्यसको जानकारी तुरुन्त आयोगलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले सिफारिस गरेको एक वर्ष नाघेपछि कुनै पनि वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने छैन ।